नेकपा एमालेमा झनै भाँडभैलो,माधव पक्ष कार्यकर्ता भेला गर्दै, ओली पक्ष रोक्न खोज्दै
काठमाडौं । सत्तारुढ नेकपा एमालेको अन्र्तद्धन्द चर्किदै गएको छ । सर्वोच्च अदालतको फैसला बाट ब्युतिएको एमाले छोटो समयमै अन्र्तसंर्घषमा रुम्लीन पुगेको हो । पार्टी संस्थापन र नेपाल समुह गरेर दुई स्पष्ट धारमा विभाजीत देखिन्छ । यहि बिच नेपाल समुहले राजधानीमा राष्ट्रीय कार्यकर्ता भेला आयोजना गरेपछि सत्तारुढ पार्टीको भविष्यलाई लिएर थरीथरीका आकंलन भईरहेका छन । सर्वोच्च अदालतले सत्तारुढ नेकपा लाई खारेज गरेपछि ब्युतिएको नेकपा एमाले अन्र्तद्धन्दमा रुम्लीन पुगेको छ ।
पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता नेपाल पक्षबिच साखको लडाई चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहका नेताहरुको जीम्मेवारी खोसेपछि नेपाल समुहले समानान्तर कमिटीहरु खडा गरेके छ । विवाद उतकर्षमा पुगेकै बेला नेपाल समुहले चैत्र ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । कार्यकर्ता भेलामा पार्टी भित्र पछिल्लो समय विकसीत घटनाक्रम, आगामी कार्यदिशा र कार्यनितीका साथै अध्यक्षको स्वेच्छाचारी प्रवृतीका बारेमा छलफलहुने नेताहरु बताउँछन ।
मंगलबार एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रमा समेत नेपाल समुह सहभागी भएन । प्रधानमन्त्रीले बालुवाटारमा पार्टीका आफुनिकट नेताहरु संग चियापान कार्यक्रम गरीरहदा नेपाल समुह चाँहि पत्रकार सम्मेलन गरेर राष्ट्रीय कार्यकर्ता भेला बारे जानकारी दिईरहेको थियो । पत्रकार सम्मेलनमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोष ब्यक्त गरे । पार्टीका दुई समुहका परस्पर विरोधी गतिविधी र समानान्तर कमिटी गठनले नेकपा एमाले सकसपुर्ण राजनितीक अवस्थाबाट गुज्रीरहेको सजीलै आंकल्न गर्न सकिन्छ । यो अवस्थाबारे नेताहरु समयमै सजग नभए पार्टी सामु निकट भविष्यमै झन ठुलो संकट आईपर्ने देखिन्छ ।
नेकपा (एमाले) माधव नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाप्रति पार्टी अध्यक्ष केपी ओली समूहले आपत्ति जनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले चैत ४ र ५ गते भेलाको आयोजना नगरेको बताएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तीमा ‘नेकपा (एमाले)का तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना नगरिएको समेत जनाइएको छ । नेपाल समूहले आयोजना गरेको भेलामा सहभागी नहुनसमेत पोखरेलले निर्देशन दिएका छन् । उनले भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्