भीम रावल र प्रधानमन्त्री ओलीको दोहोरी : तपाई कुन पार्टीको
काठमाडौं । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन पार्टीको हुनुहुन्छ भनी कड्केका प्रचण्ड माधव समूहका नेता भीम रावललाई प्रधानमन्त्री ओलीले आज जवाफ पर्काएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताए ।
संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको भन्दै प्रश्न सोधेका थिए । सोमबार भएको एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई तपाई कुन पार्टीको भन्न नपरोस भनी सवाफ दिएका हुन् ।
आफू कुन पार्टीको सदस्य र अध्यक्ष हो भन्ने अदालतले भनिसकेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ? आफूलाई प्रचण्ड–माधव समूहले नेकपाको साधारण सदस्यबाट निष्कासन गरेको स्मरण गर्दै ओलीले आफू त्यो पार्टीको सदस्य नभएको बताए । उनले अघि भने ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ । अदालतले ओलीलाई एमालेको अध्यक्ष भनेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #भीम रावल र प्रधानमन्त्री ओली
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्