आज पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक, कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो। पुस ५ गते नेकपाको विवादले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गराएका थिए । तर, सर्बोच्च अदालतले बदर गरिदिएपछि बैठक आज बस्न लागेको हो ।
यतिबेला पनि नेकपा विवाद साम्य भएको छैन् । त्यसैले यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्।
यस्तो छ आजको बैठकको कार्यसूची
संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ।
त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन्। बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन्। यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको पहिलो बैठक
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर




तपाईको कमेन्ट लेख्नुहोस्