आज पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक, कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो। पुस ५ गते नेकपाको विवादले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गराएका थिए । तर, सर्बोच्च अदालतले बदर गरिदिएपछि बैठक आज बस्न लागेको हो ।
यतिबेला पनि नेकपा विवाद साम्य भएको छैन् । त्यसैले यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्।
यस्तो छ आजको बैठकको कार्यसूची
संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।जसअनुसार यसअघिका अधिवेशनजस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिनेछ।
त्यसैगरी मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन्। बैठकमा सात वटा अध्यादेश पनि प्रस्तुत गर्ने कार्यसूची छ। पहिलो बैठकमा पेश गर्ने शोक प्रस्ताव नै १४ वटा छन्। यो कार्यसूचीलाई कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्तिम रुप दिनेछ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको पहिलो बैठक
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी




तपाईको कमेन्ट लेख्नुहोस्