प्रचण्ड–नेपाल समूहको निर्णय आधिकारिकताका लागि निर्वाचन आयोगलाई दवाव
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई थप दवाव दिने भएको छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई आवश्यक सबै शक्ति लगाएर दवाव दिने निर्णय गरेको हो ।
बैठकपछि नेता भीम रावलले विवादलाई निरुपण गर्न आफूहरुले आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको जानकारी दिए । आफूहरुको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने पनि रावलको भनाई छ ।
सुवास नेम्बाङ र सूर्य थापासहित सात केन्द्रीय सदस्य निलम्बित
नेकपा दाहाल–नेपाल समूहले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सात नेतालाई पार्टीबाट निलम्बन गरेको छ। समूहको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
निलम्बन भएका अन्य केन्द्रीय सदस्यमा सहरी विकासमन्त्री प्रभु साह, प्रमुख सेचतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत र कर्ण थापा छन्। बैठकले नेम्बाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा गर्न निर्देशन दिएको छ। निलम्बन गरिएका सबै नेताहरु ओली समूहका हुन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #नेकपा प्रचण्ड–नेपाल समूह
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्