तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको सुनसरीको देवानगञ्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा हालै विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको पहिचान भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष, घृणा वा विभाजनले राष्ट्र र समाजलाई कमजोर बनाउने बताइएको छ ।
त्यसैले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न सबै सरोकारवालाहरूलाई अनुरोध गरिएको छ।
विज्ञप्तिमा यस दुःखद घटनामा परी निधन हुनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको कठिन घडीमा शोकसन्तप्त परिवारजन तथा आफन्तहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
संघले घाइते सबैको शीघ्र, पूर्ण तथा सफल स्वास्थ्यलाभको हार्दिक कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा, उपचार तथा सहयोगको तत्काल व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्