संसद बैठक बोलाउने निष्कर्षमा पुग्दा ओलीले हटाए संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । गुरुङ, प्रचण्ड–माधव समूहमा छन। संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा माग्दै आएका थिए ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् । नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको थियो । जसमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन पनि गरेको थियो ।
सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन् । गुरुङले भने ओलीको यो कदम अर्थहीन भएको बताएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #देवप्रसाद गुरुङ, #संसद पुनर्स्थापना
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्