संसद बैठक बोलाउने निष्कर्षमा पुग्दा ओलीले हटाए संसदीय दलको प्रमुख सचेतकबाट गुरुङलाई
काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । गुरुङ, प्रचण्ड–माधव समूहमा छन। संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा माग्दै आएका थिए ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् । नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको थियो । जसमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन पनि गरेको थियो ।
सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन् । गुरुङले भने ओलीको यो कदम अर्थहीन भएको बताएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #देवप्रसाद गुरुङ, #संसद पुनर्स्थापना
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्