प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार हटाइए, राजेश झा नियुक्त
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।
यसैबीच प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #तिलक परियार हटाइए, #राजेश झा नियुक्त
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्