नागरिक आन्दोलनको मार्च पास, पहिलो पटक घोषणा पत्र जारी
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडीखेलवरपर मार्च पास गरेको छ। जनाताको हो टुँडीखेल, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ लगायतका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारीहरु मार्च पास गरेका हुन् । टुँडीखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएको हुँदा रत्नपार्कबाट सुरु भएको मार्च पास महांकाल मन्दिरअगाडि सभामा परिणत भएको थियो। मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए ।
मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाएर सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपालको इतिहासमा पहिलो पटक बृहत नागरिक आन्दोलनका तर्फबाट घोषणापत्र पनि जारी भएको छ । नागरिक घोषणापत्रले आदिवासी, जनजाति, महिला, दलित, मधेसी, यौनिक अल्पसंख्यक जस्ता ऐतिहासिक रुपमा परित्यक्त एवं विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्रको परिकल्पना गरेको छ ।
२००७ सालदेखि नै बारम्बार प्रतिगमन हाबी हुँदै आएको निष्कर्ष निकाल्दै घोषणापत्रमा भनिएको छ, ‘संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको आरोप लगाइएको छ । ओली नेतृत्वको वर्तमान सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरुमा, संवैधानिक निकायहरुमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गरेको आरोप उनीहरुले लगाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #बृहत् नागरिक आन्दोलन
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्