Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

बासमती धानमा नेपालको १३ बुँदे दाबी, ७० भन्दाबढी प्रमाणहरु ईयुमा पेश


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ । नेपालमा २५ सय वर्षअघिबाट नै नेपालमा बास्मति धान उत्पादन भएको तथ्य सहित नार्कले प्रमाण पेश गरेको हो । बास्मति धानको उत्पादन भारतमा मात्रै हुने दाबी गरे पछि बास्मति धान नेपालमा पनि उत्पादन हुने भनेर १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने ७० वटा भन्दा बढि प्रमाणहरु ईयूमा पेश गरेको छ । ६ महिनाअघि बासमती धान र चामलको भौगोलिक उत्पत्तिमाथिको एकाधिकारको माग गर्दै भारतले यूरोपियन यूनियन (ईयू) मा आवेदन दिएको थियो ।

११ सेप्टेम्बर २०२० मा इयूको जर्नलमा उक्त धानमाथिको भारतीय दाबीमा अन्य मुलुकको दावी बिरोधका लागि सूचना प्रकाशित भएपछि नेपालले पनि दावी पत्र पठाएको थियो । जर्नलमा प्रकाशित भएको भारतले दाबी गरेको मितिले तीन महिनाभित्रै दाबी विरोध पेश गर्नुपर्ने थियो । नेपालले मंसिर २४ गते आफ्नो संक्षिप्त १३ बुँदे दाबी ईयूमा दर्ता गराएको थियो । तीनै १३ बुँदालाई पुष्टि गर्ने थप प्रमाण नेपालले इयुलाई पठाएको छ । बासमती धान नेपालकै उत्पादन हो भन्ने धार्मिक, सांस्कृतिक र वैज्ञानिक कारणहरु धेरै छन् । तर पनि भारतले व्यपारिक हिसाबले एकाधिकार जमाउन खोजेको देखिन्छ ।

नार्कले नेपालका ४१ जिल्लाको ३० हजार हेक्टर जमिनमा अझै बासमती धान खेती भइरहेको र यसको व्यवसायिक उत्पादन र बिक्रीका यथेष्ट प्रमाणहरु एक महिना लगाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परिषद्का वैज्ञानिकसहित संकलन गरेको ऐतिहासिक प्रमाणहरु पेश गरेको हो । नार्कले २५०० वर्षभन्दा अघि गौतम बुद्ध भिक्षा माग्न जाँदा नै बासमती धानको चामल स्थानीयले दानको रुपमा चढाउने र बुद्घको जन्मभुमि कपिलवस्तु,नवलपरासी, र रुपन्देही जस्ता ठाँउमा गएर प्रमाण जुटाएर इयुलाई पठाइएको नार्कका कार्यकारी निर्देशक डा दिपक भण्डारीले जानकारी दिए ।

नेपालमा सन् १९६० को दशकदेखि नै बासमति धानमा अध्ययन सुरु भएको थियो । हाल नेपालसँग करिब २५ भिन्न बासमति धानका जातिहरू जीन बैंकमा रहेका छन् । अन्तरराष्ट्यि क्षेत्रमा सबै किसिमका धान चामलहरु बास्मति धान र चामलकै नामले विक्री हुने गरेको छ । भारतले बासमति धानको ‘जि.एस.टि’ ट्याग पाए नेपाल, पाकिस्तान जस्ता देशहरु बासमति धान बेच्नको लागि बच्चित हुन्छन् ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बासमती धान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं