नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले लिएन कसैको ज्यान
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको खुसीको खबर आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको हो । नेपालमा पहिलो पटक जेठ ३ गते सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
साउन २० देखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको मन्त्रालयको विवरणमा उल्लेख गरिदै आएको थियो । करिव ६ महिनापछि बिहीबार मन्त्रालयको विवरणमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य उल्लेख देखिएको छ । साउन २० गतेसम्म ५८ जनाको मृत्यु भएको थियो। त्यसयता एक हजार ९ सय ६२ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण नेपालमा दुई हजार २० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप २ सय ९६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७० हजार ५ सय ८८ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३ सय ६५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २ सय ३ रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाले लिएन कसैको ज्यान, #संक्रमितको मृत्यु
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्