प्रचण्ड–माधवको तेस्रो चरणको आन्दोलन, फेरि २८ गते काठमाडौंमा वृहत प्रदर्शन
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार बिहान पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । भोलि मंगलबार काठमाडौंमा सिटी जुलुस गरिने छ। त्यस्तै १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहितको धर्ना कार्यक्रम हुनेछ।
१६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेको र दिउँसो १ बजे शान्तिवाटिकाबाट लैनचौर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसै गरी माघ १५ मा बुटवल, १६ मा विराटनगर र १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गरिने छ।
प्रदेश राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम, माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेकपा प्रचण्ड–माधव समूह
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्