प्रचण्ड–माधवको तेस्रो चरणको आन्दोलन, फेरि २८ गते काठमाडौंमा वृहत प्रदर्शन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार बिहान पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । भोलि मंगलबार काठमाडौंमा सिटी जुलुस गरिने छ। त्यस्तै १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहितको धर्ना कार्यक्रम हुनेछ।
१६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेको र दिउँसो १ बजे शान्तिवाटिकाबाट लैनचौर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसै गरी माघ १५ मा बुटवल, १६ मा विराटनगर र १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गरिने छ।
प्रदेश राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम, माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेकपा प्रचण्ड–माधव समूह
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्