५ हजार ८ सय परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ८ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।
हाल ५ हजार ४ सय ८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्