राष्ट्रिय सभामा पहिलो पटक पुगे बामदेव गौतम, दिनानाथ भन्छन् सभाको शिर उच्च भयो
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम पहिलो पटक सहभागी भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मनोनयन गरेकी थिइन । बर्दियाबाट पराजित भएको गौतमलाई मनोनयन गर्दा चौतर्फी सरकारको आलोचना भएको थियो । असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी बताएका छन् । राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामना दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए ।
सरकारको सिफारिसमा गत राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिन बोल्दै शर्माले नेकपा विभाजन हुन नदिन पनि गौतमले भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘पार्टी विभाजनको संघारमा छ। प्रतिनिधिसभा पनि छैन। मेरो राजनीतिक इतिहासको ५५ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा नेकपा बन्दा खुसी थिएँ। खुसी नहुने कोही थिएन। नेपाली जनता खुसी भएका कारणले नै खुसी प्रकट निर्वाचनमा भएको थियो। आज पार्टी विभाजनको संघर्षमा आइपुग्दा मेरो मुटु फुटेको अनुभव भएको शर्माले बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बामदेव गौतम, #राष्ट्रियसभा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्