नवनियुक्त मन्त्रीहरु सिंहदरबार छिर्दै, पदभार ग्रहण गर्ने
काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका मन्त्रीहरुले आज मात्रै पदभार ग्रहण गर्न लागेका हुन् । शुक्रबार अबेर सपथ खाएका मन्त्रीहरु हिजो शनिबार बिदा परेकाले मन्त्रालय जान पाएका थिएनन ।
राष्ट्रपति भण्डारीले शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा टोपबहादुर रायमाझी, सहरी विकास मन्त्रालयमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गौरीशंकर चौधरीलाई नियुक्त गरेकी थिइन् । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश सिंह ठगुन्ना, वन तथा वातावरणमा प्रेमबहादुर आले, युवा तथा खेलकुदमा दावा लामा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा जुलीकुमारी महतोलाई नियुक्त भएका छन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा विमला विकलाई नियुक्त गर्नुभएको थियो । नयाँ मन्त्री थपिएसँगै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरिएको छ । सबै मन्त्रीले आज बिहान कार्यालय समयमा पदभार ग्रहण गर्न लागेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पदभार ग्रहण
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्