ओली–प्रचण्ड समूह एकअर्कोलाई कारवाही गर्ने होडबाजीमा, कार्यकारी अध्यक्षबाट हटाइयो प्रचण्डलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा नेकपा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका हुन् ।
भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफुलाई घेराबन्दीमा पारिएको उनले दाबी गरे । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति आलोचना गरे । उनले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए ।
त्यस्तै उहाले संसद पुनर्स्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुनर्स्थापना हुने सम्भावना नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको छ। बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो। अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो।ओली समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ ।
बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् । बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र सुदुपश्चिम प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् । प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिईएको छ छ । प्रचण्ड–नेपाल पक्षले भने ओलीलाई यसअघि नै अनुशासनको कारबाही भन्दै अध्यक्षबाट हटाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #शर्मा ओली
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्