कोरोनाबाट एकैदिन २३ जनाको मृत्यु, थप १ हजार ६ सय ३७ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा महिला ५ सय ४६ र पुरुष ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छन् । प्रतिशतका आधारमा महिला ३४.५ र पुरुष ६६.५ प्रतिशत रहेका छन् । काठमाडौ उपत्यकामा ५ सय ९४ सहित देशभर १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
मगंलबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज १ हजार ६ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन ्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ ।
यस्तै संक्रमितमध्ये १ सय ६ सय ३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ४ हजार ८७७, ललितपुरमा ९९२ र भक्तपुरमा ४५० सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं र ललितपुरमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका हुन् । यस्तै हाल मनाङ र डोल्पामा एक जना पनि संक्रमित रहेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा एमडीरएमएसरएमडीएसमा अध्ययन गरि कबुलियतनामा बमोजिम खटाएको स्थानमा ५ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सूचना निकालेर छात्रवृति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार कबुलियतनामा बमोजिम सरकारी अस्पतालहरुमा खटाइएको स्थानमा ५ दिनभित्र हाजिर हुन डाक्टरहरुलाई निर्देशन दिएको हो । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ हजार ४७ जना होम आइसोलेसन र बाकी संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । संक्रमीत मध्ये २ सय ५४ जना आइसियु र ५८ जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हाल क्वारेन्टाइनमा ५ सय २३ रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस, #संक्रमणमुक्त
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्