एकैदिन जिते ५ हजार ६ सय ९९ जनाले कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ६ सय ५५ जना महिला र १ हजार १४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २८ जना संक्रमित थपिएका छन् भने प्रदेश एकमा २ सय ४२ जना, लुम्बिनी प्रदेशमा १ सय ७१ जना, गण्डकी प्रदेशमा १ सय २ जना, सुदुरपश्चिम प्रदेशमा ६५ जना, र प्रदेश दुईमा ६१ जना संक्रमित थपिएका छन् । गौतमका अनुसार देशभर कोरोना पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका ९ सय ५७ जना रहेका छन् । काठमाडौमा ७ सय ३३ भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९९ हजार २४ जना निको भएका छन् ।
२४ घण्टामा ५ हजार ६ सय ९९ जनाले कोरोना जितेकाछन् । कूल संक्रमितमध्ये ९० दशमलब ३४ प्रतिशत निको भएका हुन् । अब विदेशबाट नेपाल भित्रने सबैजना १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हवाई र स्थल दुबै माध्यमबाट नेपाल आउनेलाई क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको जानकारी दिए त्यसैगरी मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
यस्तै, आइतबार १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय २१ पुगेको छ । संक्रमित मध्ये ० दशमलव ६० प्रतिशत संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको रहेको छ । यो संख्या कूल संक्रमितको ९ दशमलब ०६ प्रतिशत हो । तिमध्ये घरमै बस्नेको संख्या १३ हजार ६ सय १२ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये आइसियुमा ३ सय ५९ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । हालसम्म ६ सय ८६ जना क्वारेन्टाइनमा छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्