Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

कोरोनाबाट निको हुनेको संख्या बढ्यो, शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना निको


काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८ दशमलव ४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६१ पुरुष र १ हजार १३ महिलासहित १ हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २ हजार ३ सय २३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार संक्रमित पुष्टि हुनेमा ३ सय ८७ महिला र ५ सय १२ पुरुष रहेका छन् । काठमाडौंमा ६ सय ८५, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ हजार ४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ । नेपालमा हाल आइशोलेशनमा २४ हजार ९ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ सय ५७ जना रहेका छन् । जसमध्ये १७ हजार २ सय ६ होम आइसोलेशन र ६ हजार आठ सय ३ जना संस्थागत आइसोलेशनमा छन् ।

त्यसैगरी ७ सय ५७ जना क्वारेन्टिनमा छन् भने ३ सय ३६ जनाको आईसीयूमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण, #संक्रमणमुक्त


तपाईको कमेन्ट लेख्नुहोस्