नेकपामा प्रचण्डको नयाँ रणनिति,ओलीपक्षधरसँग छलफल
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । दाहालले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग छलफल गरेका हुन् । ओली पक्षधर महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई बोलाएर दाहालले छलफल गर्नुलाई कतै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ल्याउने भनेको जवाफी प्रतिबेदनको डर बढी भएको भन्ने आशयका साथ हेरिएको छ ।
नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिदैे छुट्टै प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्र अहिले हलचल मच्चीएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीभित्रको विवाद गम्भीर भएपनि सहमति जुट्ने दावी गरेका छन् । पार्टीलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु, पार्टी एकताको अन्तिम कडी चुडिएको नठानियोस् प्रचण्डसँगको भेटपछि उनको भनाइ उदृत गर्दै पार्टी कार्यालय परिसरमा नेम्वाङले परिस्थिती जटील र गम्भीर भएपनि पार्टी एकताबद्ध हुनुको बिकल्प नरहेकोमा दुबै अध्यक्ष सहमत भएको बताए ।
कार्यकारी अध्यक्ष दाहालले सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद जटिल मोडमा पुगेको विश्लेषण भइरहेको छ । पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डले शुक्रवार नै महासचिव विष्णु पौडेलसँगपनि पार्टी कार्यालय धुम्बाराहीमा छुट्टै छलफल गरेका थिए । अध्यक्ष दाहलसँगको भेटपछि पौडेलले परिस्थिती धेरै गम्भीर रहेको बताएका थिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र पेश गरेको राजनीतिक दस्तावेजका कारण नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ । बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् । १३ गते अगावै सहमति गर्नको लागि नेकपामा दोस्रो तहका नेताहरुको दौडधूप चलिरहेको छ भने कार्यकारी अध्यक्ष दाहल पनि ओलीको जवाफी प्रतिबेदन आउनुभन्दा पहिल्यै छलफलका माध्यमवाट समस्या सुल्झाउने प्रयासमा लागि परेको शुक्रवारको भेटघाटले स्पष्ट पार्दछ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्