Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगंै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । नयाँ संक्रमित मध्ये ७ सय ४० जना महिला र १ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ३ सय १७ जना संक्रमित थगपिएका छन् भने प्रदेश एकमा १ सय ६८ जना, लुम्बिनी प्रदेशमा १ सय ८१ जना, गण्डकी प्रदेशमा १ सय ४५ जना, सुदुरपश्चिम प्रदेशमा ६३ जना, र प्रदेश दुईमा ५९ जना संक्रमित थपिएका छन् । त्यसैगरी बिहिबार थपिएका संक्रमितमध्ये काठमाडौ उपत्यकाका १ हजार १ सय ७ जना रहेका छन् । योसगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक लाख ८ सय ७२ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ६३, ललितपुरमा १ सय ७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा ८१ हजार ५ सय ८८, ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३ सय १६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा ७१ हजार ५ सय ९१, ललितपुरमा ९ हजार ६ सय ३१ र भक्तपुरमा ६ हजार ४ सय ७० जना संक्रमित निको भएका छन ्। नेपालमा सबैभन्दा धेरै २१ वर्षदेखि ३० वर्ष समुहका व्यक्ति संक्रमित भएका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेरका नागरिक बढि संक्रमित भएका छन् । सबैभन्दा कम संक्रमित ८० वर्षभन्दा धेरै उमेर समुहका रहेका छन् । हाल सम्म संक्रमण पुष्टि भएका मध्ये ७३ हजार ७ सय ५० महिला र १ लाख ४३ हजार २१ सय १५ पुरुषमा संक्रमण देखिएको तथ्याङकमा उल्लेख गरिएको छ ।

यस्तै शुक्रबार २२ संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार २ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये शुन्य दशमलब ६० प्रतिशतको मृत्यु भएको हो । मन्त्रालयका अनुसार २ हजार ८ सय ५८ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ८५ हजार ६ सय ३८ जना कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ८८ दशमलब ०३ प्रतिशत निको भएका हुन् । आज देश २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित छन् । यो संख्या कूल संक्रमितको ११ दशमलब ३७ प्रतिशत हो ।

सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाण्डौ जिल्लामा १२ हजार ४ सय ४१ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको रहेको छन् । तिमध्ये घरमै बस्नेको संख्या १९ हजार १४ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये आइसियुमा ४ सय ३ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ । हालसम्म ७ सय ५३ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार शुक्रबार १० हजार ३ सय ४० भए सर्गै नेपालमा हालसम्म १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्