थपिए २ हजार ५ सय ७१ संक्रमित,८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर
नेपालमा ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। ८३ जना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४ सय ११ जना संक्रमित आइसियुमा छन्। पछिल्लो समय आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ। शनिबार ४ सय ४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए भने आइतबार ४ सय ८० जना संक्रमित थिए।
सोमबार ४ सय ९४ जना संक्रमितहरु आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्। सोमबार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियुमा र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यस्तै प्रदेश १ मा ४९ जना आइसियुमा र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिममा १५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियुमा र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्