थपिए पछिल्लो २४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।
हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्