भारतीय सेनाध्यक्षको औपचारिक कार्यक्रम आजदेखि, के–के छ कार्यतालिकामा
काठमाडौं । बुधबार तीनदिने भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणे औपचारिक कार्यक्रममा भने आजदेखि सहभागि हुँदैछन् । बिहान ९ः३० बजे सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरी नरवणेको औपचारिक कार्यक्रम सुरु भएको छ । त्यस्तै वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण पनि गरेको छ ।
सम्मान गारथ निरीक्षण गरेपछि उनले जंगी अड्डामै समकक्षी आफ्ना प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् । जंगी अड्डामा भारतीय सेनाध्यक्ष नरवणेले नेपाली सेनाका वरिष्ठ रथीवृन्दहरूसँग पनि अन्तरक्रिया गर्नेछन् ।अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई एम्बुलेन्सलगायतका आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसैगरी दिउँसो ४ बजे नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् ।
नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्का देशको मानार्थ महारथीको पदवीले सम्मान गर्ने अभ्यास रहेकाले भारतीय सेनाध्यक्ष सोही सम्मान लिन नेपाल आएका हुन् । शीतल निवासमा हुने विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।
राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा आउने कार्यक्रम छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् । रात्रिभोजमा भारतीय डेलिगेसन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागि हुने बताइएको छ । शुक्रवारसम्म नेपालमा रहने नरवणेले स्वदेश फर्कनुअघि प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । नेपाल आएको पहिलो दिन बुधबार नरवणेले बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका थिए भने बुधबार नै उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गर्ने कार्यक्रम पनि तय भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #भारतीय सेनाध्यक्ष, #मानार्थ महारथीको पदवी, #सेनाध्यक्ष नरवणे
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्