अमेरिकी राष्ट्रपतिमा बाइडन जितको नजिक
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन विजयी नजिक पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल भोट चाहिनेमा बाइडनले अहिलेसम्म २६४ इलेक्टोरल भोट पाएका छन् । प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने २ सय १४ इलेक्टोरल भोट प्राप्त गरेका छन् ।
बुधबारसम्म कडा प्रतिस्पर्धा देखिएको अमेरिकी चुनावमा बिहीबार बिहानबाट बाइडनले ३९ इलेक्टोरल भोटले अग्रता लिइरहेका छन् । हाल हुलाकबाट गरिएको मतदानको मतगणना जारी रहेको छ । मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सभानिया, विसकन्सिन र मिसिगनलगायतका राज्यमा मतगणना जारी छ । मिसिगनका निर्वाचन प्रमुखले अझै एक लाख मतगणना बाँकी रहेको जानकारी दिएका छन् ।
हारको जोखिम बढेसँगै वर्तमान राष्ट्रपति ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग समेत गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण भने पेश गर्न सकेका छैनन् । ट्रम्पले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनी समेत हिजो दिएका थिए । बाइडन पक्षले भने ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै मतगणना नरोकिने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति, #जो बाइडन, #डोनाल्ड ट्रम्प
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्