नेकपा अध्यक्ष प्रचण्ड फकाउन दिनभर दौडधुप
काठमाडौं । सत्तारुढ दल नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पुष्पकमल दाहाललाई फकाउने प्रयास तीब्र पारेका छन् । कार्यकारी अध्यक्ष दाहालले ओलीसँग भेटन नमानेपछि ओली निकट नेताहरुले दाहाललाई फकाउने प्रयास गरेका हुन् । आज पनि ओलीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई खुमलटार पठाइएका थिए । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता हुन् ।
यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए । नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् । दाहालले भने आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आएका छन् ।
कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–दाहालबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो । तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै दाहालले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्