चाडपर्वमा मुल्यबृद्धि हुँदा उपभोक्ताको चुल्हो बल्नै गाह्रो,अनुगमन गर्ने सरकारी निकाय सधैं मौन
काठमाडौं । चाडबाडको समयमा खाद्यान लगायत तरकारीको मुल्य आकाशिएको छ । एकाएक मुल्य बृद्धि भएसंगै सर्वसाधारण उपभोक्ता समसयामा परेका छन् । चाडबाडको समयमा आलु प्याज तेल लगायत दैनिक उपभोग्य बस्तुमा दोब्बर मूल्यबृद्धि हुँदा उपभोक्ता समस्यामा परेका छन् । बजारमा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि भएपछि सर्वसाधारण सरकारसंग क्रुद्ध भएका छन् ।
खाद्यान्न किन्न गएका सर्वसाधारण मुल्य सुनेर फर्किने गरेका छन् । लामो समय भएको बन्दाबन्दीको कारण समस्यामा परेका सर्वसाधाराण चाडबाडमा भएको यस्तो महंगीले झनै मारमा परेका छन् । अन्य बस्तुको जस्तै तरकारीको मुल्य पनि छोइनसक्नु छ । बिगतमा कम पैसामा झोला भरी तरकारी लगेर जाने चाबहिलकी सरिता पोखरेल अहिले झोला भर्ननै समस्या भएको बताउछिन् ।
चाडबाडको बेला भएको यस्तो मुल्यबृद्धिको कारण छाक टार्ननै धौधौ भएको उनको गुनासो छ । यता व्यापारी भने सामान आयातमानै महंगो परेको कारण केही मुल्यबृद्धि भइको बताउछन् । हुनत चाडबाडमा बिभिन्न बहानामा व्यापारीहरुले दैनिक उपभोग्य बस्तुमा चरम मूल्यबृद्धि बिगतमा पनि नगर्ने हैन । निरन्तर बजारमा तरकारी र खाद्यान्न आइरहेको भएपनि बहाना बनाइरनै उपभोत्तालाई ठग्ने गरेका छन् । यस तर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।
क्याटेगोरी :
अर्थ,
जनप्रतिनिधि,
ब्रेकिंग न्युज,
समाचार
ट्याग : #तरकारीको मुल्य
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्