दशैंका कारण कोरोना परिक्षण ह्वात्तै घट्यो, २ हजार ७ सय २५ नमुना परीक्षण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७ सय २५ नमुना परीक्षण गर्दा थप ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ३ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै १ लाख १८ हजार ८ सय ४३ जना संक्रमणमुक्त भएका छन् । काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका हुन् । हाल काठमाडौँमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन् । त्यस्तै, संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । त्यस्तै, नेपालीहरुको महान चाड दशैँका कारण अधिकांश प्रयोगशालाहरु बन्द हुँदा बितेको २४ घण्टामा परीक्षण ह्वात्तै घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको अध्यावधिक विवरणअनुसार २४ घण्टामा मात्रै २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । सोमबारको विवरणमा पनि ५ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको थियो । कात्तिक ९ गते १२ हजार ३ सय ११, कात्तिक ८ गते १३ हजार ८ सय ४६ र कात्तिक ७ गते १६ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्