कोरोनाको त्रासमा असुरक्षित यात्रा,सरकारले निर्णय गरेपनि घटाएनन् ब्यवसायीले भाडा

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधानको सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेसंगै व्यवसायीले भाडामा मनपरी गर्न थालेका छन् । पूर्ण क्षमतामा यात्रु राखी भाडा पुरानैै लिनुपर्ने भएपनि व्यवसायीले त्यसको पालाना गरेका छैनन । सरकारले सार्वजनिक सवारीको सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले अबदेखि पुरै सिटमा यात्रु राखेर चलाउन पाउने निर्णय गरेसंगै अहिले यात्रु र सवारी चालकबीच विवाद समेत उत्पन्न भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर, दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय गरेको छ ।
सरकारले तोकेको मापदण्ड कुनै पनि सवारी साधनले पूरा गरेका छैनन् । मापदण्ड पूरा नहुँदा पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले ५० प्रतिशत बढी भाडा नै तिरिरहेका छन् । कतिपय यात्रुहरुलाई गत सोमबार सरकारले भाडादर घटाएको थाहा भएपनि सवारी सञ्चालकले बढी भाडा यात्रुसंग असुली गर्दै ठगी समेत गर्दै आएका छन् । महंगो भाडा लिदा यात्रुहरुले सोमबारदेखि सरकारले भाडा घटाएको छ भन्दा पनि चालकले आफुहरुलाई थाहा नभएको भन्दै बढी भाडा लिएको यात्रुहरुले बताएका छन् ।
बसमा मान्छे कोचाकोच छ, तर पनि फुल भाडा लिएको यात्रुहरुले गुनासो गरेका गरेका छन् । चालकहरुलाई भने सरकारको निर्णय आफुहरुलाई थाहा नभएको बताएका छन् । कोरोनाको महामारी भयावह भैइरहँदा सवारी चालक, सह–चालक स्वयंले न त मास्क लगाएका छन् नत पन्जा नै । आफै मास्क प्रयोग नगरेका चालक प्रत्येक दिन बसमा सेनिटाइजर र माक्स प्रयोग गरेको दाबी गर्छन् ।
सार्वजनिक यातायातले सवारी साधनमा उभ्याएर यात्रु ओसार–पसार गर्दा समेत कतै ट्राफिक प्रहरीले चेकजाँच गरेको छैन । यसले पनि यात्रुहरु कोरोना कहरका बिचमा बढी भाडा र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #भाडामा मनपरी, #सवारी साधान
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्