५ हजार १ सय १० प्रहरीमा कोरोना संक्रमण, १ हजार ९ सय ५६ अस्पतालमा भर्ना
काठमाडौं । जनताको प्रत्यक्ष सेवामा खटिने सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण बढ्दो छ । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या ५ हजार १ सय १० पुगेको छ । समुदाय स्तरमा संक्रमण फैलिएसँगै दैनिक २० देखि २५ जना प्रहरी कोरोनाबाट संक्रमित हुने गरेको तथ्याङले देखाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २३ जना प्रहरी संक्रमित थपिएको बताइएको छ । हालसम्म संक्रमित भएकामध्ये ३ हजार १ सय ८४ जना निको भइसकेका छन् भने १ हजार ९ सय ५६ जना उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्रै १८ सय ६९ जना प्रहरी संक्रमित भएका छन् । जसमध्ये ६ सय ९२ जना उपचाररत छन् भने १ हजार १ सय ७७ संक्रमणमुक्त भएका छन् ।
प्रहरी प्रधान कार्यालयमै ३ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १ सय ५८ जना, गण्डकी प्रदेशमा १ सय ९५ जना, लुम्बीनी प्रदेशमा १ सय ९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय २५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाका सक्रिय संक्रमित, #प्रहरी संक्रमित, #सुरक्षाकर्मीमा कोरोना भाइरस
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्