एकैदिन काठमाडौं उपत्यकामा २२८३ जनामा कोरोना पुष्टि,देशभर ४ हजार ४७ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९ सय २३ र होम आइसोलेशनमा १९ हजार ९ सय ५७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८ सय ८८ भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ। आईसीयूमा रहेका संक्रमितको संख्या २ सय ७९ छ। त्यसैगरी भेन्टिलेटरमा ६७ जना रहेका छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण, #संक्रमण
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्