१२ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ६ सय २६ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा तीन, मोरङमा दुई, रुपन्देहीमा तीन, बाँकेमा दुई, चितवनमा एक र कैलालीमा एक जनाको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको छ भने धरान–८ की ६२ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।
मोरङको विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा शनिबार राति थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको हो । त्यस्तै सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि शनिबार राति सवा १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै रुपन्देहीको बुटवलमा शनिबार रातिमात्रै तीन जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका र उपचारका लागि अस्पताल जाँदै गर्दा तीन जनाको मृत्यु भएको हो । बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा शनिबार राति बाटोमा मृत्यु भएको छ। त्यस्तै असोज २४ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको शनिबार राती करिब १० बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल ११ की ६१ वर्षीया महिलाको पनि शनिबार राति २ बजे मृत्यु भएको छ।
त्यस्तै, बाँकेमा भने ५ मिनेटको फरकमा शनिबार राति थप २ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको शनिबार राति साढी ९ बजे मृत्यु भएको छ । राति १० बजे कोहलपुर नगरपालिका ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको हो ।
कैलालीको धनगढीमा पनि शनिबार राति एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै चितवनमा आइतबार बिहान थप एक जना महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । पछिल्लो १२ घण्टामा १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्