यो दसैँमा अग्रिम टिकट खोल्ने सम्भावना कम
काठमाडौं । गतबर्ष यतिबेला नयाँ बसपार्कमा टिकट लिनेहरुको निक्कै घुँइचो लाग्ने गर्दथ्यो । तर, यसबर्ष दशैं आउन करिव अव दुई साता मात्रै बाँकी हुँदा पनि नयाँ बसपार्क सुनसान छ । विगतका वर्षहरूजस्तै दसैँ–तिहार र छठजस्ता चाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष खोल्ने सम्भावना कम छ । शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफल भएपनि कुनै निर्णय भएन । अव असोज अन्तिममा एकपटक बस्ने गरी बैठक बोलाइएको छ ।
यातायात व्यवसायीले भने यसबर्ष अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नै नभएको बताएका छन् । अहिले नियमित चल्ने सवारीसाधनसमेत खाली–खाली रहेका कारण अग्रिम बुकिङको औचित्य नै नभएको बताइएको छ । अग्रिम टिकट खोल्नुअघि दुई सर्त पूरा हुनुपर्ने पनि व्यवसायीले माग गर्दै आएका छन् । पहिलो अग्रिम टिकट काटेपछि निषेधाज्ञा भयो भने काटिएको टिकटको जिम्मा कसले लिने भन्नेमा व्यवसायीको माग छ । त्यस्तो अवस्थामा काटिएका टिकटको जिम्मा सरकारले दिने ग्यारेन्टी गरेमा अग्रिम टिकट बुकिङ गर्न सकिने उनीहरुको अडान छ ।
त्यस्तै, हवाई उडानको जस्तै बसमा पनि शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीको अर्को माग छ । यातायात मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्थाका लागि सिसिएमसीमा प्रस्ताव लगे पनि अझै निर्णय गरिएको छैन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधनमा पूर्ण सिट क्षमतामा सञ्चालनका लागि गरेको प्रस्ताव झन्डै दुई सातादेखि रोकिएको छ ।
यसअघि सरकारले कोरोना संक्रमणका वेला सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने र भाडा भने तत्कालीन तोकिएको भाडादरको ५० प्रतिशत थप लिन पाउने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा टिकट कहिले खुल्छ भन्ने प्रतिक्षामा सर्वसाधारण रहेपनि अहिलेसम्म निर्णय नहुँदा घर जान कतै सास्ती त हुने होइन भन्ने चिन्तामा उनीहरु छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अग्रिम टिकट बुकिङ, #नयाँ बसपार्क
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्