कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,६ सयको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५९ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । शुक्रबार १० जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमण पश्चात पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेका छन् । नेपालमा कोरोना पहिलो पटक कोरोना संक्रमित भेटिएको नवौ महिनामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।
आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना रहेका छन् । काठमाडौँमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जना सक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । तथ्यांकअनुसार नेपालमा निको हुनेको प्रतिशत ७२.५३ रहेको छ । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक जेष्ठ ४ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाबाट भएको ५ औ महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युदर ०.६० प्रतिशत रहेकोे छ । देशभर संत्रmिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित व्यक्ति बाहिर निस्किएर सरकारको आग्रहलाई पालना नगरे ६ महिना जेल सजाय गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्रवर गौतमले कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको भन्दै प्रवक्ता गौतमले त्यस्तो प्रमाण भेटिए कारबाही हुने बताएका छन् । पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने प्रवक्ता गौतमले बताउनु भयो।
प्रवक्ता गौतमले आफन्त वा कोही व्यक्ति यस्तो गरेको पाइए घरपरिवार र छिमेकी अनुगमन गरी खबर गरिदिन आग्रह गरेका छन् । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । हाल ३ सय १८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् । आज देशभरका क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् । आजको पिसिआर १३ हजार २ सय ७९ परिक्षण भएको छ ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #कोरोना संक्रमित
तपाईको कमेन्ट लेख्नुहोस्