किन दियो सरकारले कोरोना महामारीकाबीच सबै परीक्षाहरु सञ्चालन गर्न अनुमति
काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गर्दा सरकारले सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ । सोमवार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ । लोक सेवा आगोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयक सचिवसहितको ३ सदस्यीय सिफारिस समिति बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रिया शुरु गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । मदन भण्डारी विश्वविद्यालयमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय भएको छ । बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रपति कार्यालयको संगठन संरुचना र दरवन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सरकारले बिज्ञापन बोर्डको आर्थिक बर्ष ०७७/७८ को लागि अधिकृतस्तरका जम्मा ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृती गर्ने निर्णय पनि गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाई छ । चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी भएको हुँदा सचेत रहन सबैलाई आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै मन्त्री ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने सुझाव दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दसैं र तिहार, #परीक्षाहरु सञ्चालन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्