सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, बेड पाउनै मुस्किल
काठमाडौं । बुधबार संक्रमित थपिएसँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो ।
असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयले जनाएको थियो । तर, लकडाउन हुन्छ या हुँदैन कुनै कुरा खुलेको छैन् ।
त्यस्तै, कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विशेषगरी उपत्यकामा संक्रमित बढेपछि बेड पाउन समस्या हुन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उपत्यकामा संक्रमण तिव्र रुपमा फैलँदा बिरामी व्यवस्थापनमा चुनौती थपिएको भन्दै संक्रमणको दर यसरी नै बढ्दै गए अस्पतालले भार थाम्न नसक्ने मन्त्रालयले चेतावनी दिएको छ । कोरोना संक्रमण जन स्वास्थ्यको ठूलो समस्या भएकाले यसको नियन्त्रणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरे।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्