सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, बेड पाउनै मुस्किल
काठमाडौं । बुधबार संक्रमित थपिएसँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो ।
असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयले जनाएको थियो । तर, लकडाउन हुन्छ या हुँदैन कुनै कुरा खुलेको छैन् ।
त्यस्तै, कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा बेडको अभाव भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विशेषगरी उपत्यकामा संक्रमित बढेपछि बेड पाउन समस्या हुन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उपत्यकामा संक्रमण तिव्र रुपमा फैलँदा बिरामी व्यवस्थापनमा चुनौती थपिएको भन्दै संक्रमणको दर यसरी नै बढ्दै गए अस्पतालले भार थाम्न नसक्ने मन्त्रालयले चेतावनी दिएको छ । कोरोना संक्रमण जन स्वास्थ्यको ठूलो समस्या भएकाले यसको नियन्त्रणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरे।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्