Techie IT
  • १६ मंसीर २०८१, आईतबार
KhojPatrika

राजदुत नियुक्तिमा प्रधानमन्त्री ओलीको एक्लौटी, किन रोजे युवराज खतिवडा र लोकदर्शन रेग्मी


काठमाडौं । केहीदिन अघि नेकपाको स्थायी कमिटि बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रतिबेदन पारित गर्यो । जसमा भनिएको थियो सरकारले नियुक्ती गर्दा पार्टीभित्र सहमति र छलफलपछि मात्रै गर्ने । तर, प्रधानमन्त्री एवंम् अध्यक्ष ओलीले एक्लौटी रुपमा आफू नजिककालाई राजदुत सिफारिस गर्दै सहमति तोडेका छन् ।

भदौं १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डाक्टर युवराज खतिवडालाई एघारदिनपछि अर्थात भदौं ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री सरहको सेवा सुविधा सहित आफ्नो मुख्य आर्थिक सल्लाहकारमा नियुक्त गरे । १५ दिनअघि आफैले गरेको निर्णय उल्टाउँर्दै फेरि प्रधानमन्त्री ओलीले उनै खतिवडालाई विहिबार अमेरिकाको राजदुतका लागि सिफारिस गरेका छन् ।

योजना आयोगको उपाध्यक्ष, गर्भनर, राष्ट्रियसभा सदस्य र अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका डाक्टर खतिवडा कुटनितिक भन्दापनि आर्थिक क्षेत्रका बिज्ञ मानिन्छन् । तर, अर्थमन्त्री हुँदा नेकपाभित्रैबाट आलोचित भएका खतिवडालाई फेरि अमेरिकाको राजदुतमा सिफारिस गर्दा प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटि र सचिवालय बैठकको निर्णय समेत उलंघन गरेका छन् ।

त्यतिमात्रै होइन बिहिबारको मन्त्रिपरिषद बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्तको सिफारिस गर्यो । कार्तिक ३ गतेसम्म पदावधि रहेका रेग्मीले झण्डै तीन साता अघि नै मुख्यसचिवबाट राजीनामा दिएर बेलायतको राजदुत बन्न सिफारिस भएका हुन् । प्रधानमन्त्री ओलीको विश्वास जितेका परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाएर रेग्मीलाई राजदुतमा सिफारिस गरिएको हो ।

त्यस्तै, सरकारले साउथ अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई पनि राजदूतमा सिफारिस गरेको हो । यी नियुक्तिले दुईसातादेखि नेकपामा केही मत्थर देखिएको विवाद फेरि बल्झिने देखिएको छ । किनकि सरकारले नियुक्तिको प्रक्रिया अघि बढाउँदा नेकपाका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्री परिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ स्थायी समिति बैठकले गरेको निर्णयको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओली एक्लौटी रुपमा अघि बढ्न खोजेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #डाक्टर युवराज खतिवडा, #नेकपाको स्थायी कमिटि

तपाईको कमेन्ट लेख्नुहोस्