घटेन काठमाडौं उपत्यकामा कोरोना संक्रमण, बुधबार मात्रै ९०२ जना संक्रमित थपिए
काठमाडौं । उपत्यकामा बुधबार ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९७ जना, ललितपुरमा १ सय १२ जना र भक्तपुरमा ९२ जना संक्रमित थपिएका हुन्। मंगलबार उपत्यकामा ९ सय ३४ जना संक्रमित थपिएका थिए।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।देशभर सक्रिय संक्रमित १० हजार ८ सय ९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४ सय २८ पुगेको छ।
एकैदिन कोरोनाभाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन् । यस्तै हालसम्म २ सय १ जना आईसीयु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #आइसोलेशनमा, #कोरोना संक्रमित
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्