को हुन् पहिलो पटक कोरोना बिरुद्धको खोप लगाउने भाग्यमानी नेपाली
काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप कहिले बन्ला भन्ने कौतुहला सबै नेपालीमा छ । तर, बिश्वका बिभिन्न देशले खोपको परिक्षण पनि गरिरहेका छन् । बिश्वमा कोरोना भाइरसविरूद्धको खोप बनाउने रसिया पहिलो बनेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा सक्रिय छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउने कहिले हो कहिले कुनै टुंगो छैन् । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउन पाएका छन् ।
रुसमा रहेका एक डाक्टर नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डाक्टर महेश श्रेष्ठले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन लगाएका हुन् । मस्कोमा कार्यरत ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन् । सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डाक्टर बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । ३० हजार जना मध्येबाट छनौट श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । पहिलो पटक कोरोना बिरुद्धको खोप लगाएपछि अहिले बिश्वमा उनीको चर्चा भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस बिरुद्धको खोप, #भाग्यमानी नेपाली
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्