नेपाली कांग्रेसमा कोरोनाको प्रभाव,महाधिबेशनको काम प्रभावित
काठमाडौं । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमणले महाधिबेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका गतिबिधि पनि प्रभावित भएका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने भएकोले उनी होम आइसुलेसनमा बसेका हुन् । जसका कारण बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा तय भएको छलफल समेत स्थगित भएको छ ।
त्यस्तै महामन्त्री डाक्टर शशांक कोइराला कोरोना संक्रमण भएपछि ओम अस्पतालमा उपचाररत छन् । उनले भिडियो सन्देश जारी गर्दै आफू छिट्टै निको भएर फर्किने विश्वास ब्यक्त गरेका छन् । बिहिबारदेखि सभापति देउवा बिरुद्ध हस्ताक्षर अभियान चलाउने योजना बनाएको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कार्यक्रम पनि स्थगित भएको छ । पार्टीको बिभाग गठन, क्रियाशील सदस्यता वितरणमा पारदर्शिता नअपनाएको, पार्टीको समायोजनमा ढिलाइ गरेर तोकिएकै मितिमा महाधिवेशन नगराउने योजना सभापतिले गरेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत साथमा लिएर हस्ताक्षर बुझाउने रणनिति बनाएको पौडेल पक्षीय नेताहरु समेत आफूलाई केही जानकारी नभएको बताइरहेका छन् । बिगतमा भएका कमजोरी सभापति देउवाले नसच्याए अनसनसम्म बस्ने धम्की दिएका बरिष्ठ नेता पौडेलको सचिवालयले समेत महामन्त्री कोइराला कोरोना मुक्त भएपछि मात्रै अभियान चलाइने बताएको छ । सभापति देउवाले बुधबार एक कार्यक्रममा तोकिएकै समयमा पार्टीको महाधिबेशन हुने बताएपछि कोरोना संक्रमणको त्रास र तयारीले हुने सम्भावना न्यून छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #बरिष्ठ नेता रामचन्द्र पौडेल, #महाधिबेशन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्