काठमाडौं उपत्यकामा थप ७ सय ३७ सहित देशभर १५३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६ सय ५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, उपत्यका सहित देशभर १ हजार ५ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
यस्तै,देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । बुधबार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #अध्यावधिक विवरण, #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्