असोज १ देखि खुल्ने भए अन्तरिक हवाई उडान र लामो दुरीमा यातायात
काठमाडौं । सरकारले लामो दुरीको यातायात, अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकारले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । अन्तराष्ट्रिय सीमा नाका भने असोज ३० गतेसम्म बन्द रहनेछन् । भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
त्यस्तै पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई मन्त्रीको सेवा सुविधा सहित प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको छ । त्यस्तै सरकारले शैक्षिक संस्था, परीक्षा संचालन, गोष्ठी, तालिम, खेलकुद जस्ता क्रियाकलापहरू अर्को सूचना नआएसम्म बन्द नै रहने निर्णय गरेको छ भने कात्तिक १ गतेबाट नेपाल आउने विदेशी पर्यटकलाई आवागमन खुला गर्ने निर्णय गरेको छ ।
प्रदीप ज्ञवालीले हिमाल आरोहण गर्न आउने र पदयात्राका लागि आउने पर्यटकलाई कात्तिक देखि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लामो दुरीमा यातायात, #हवाई
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्