बिद्युत उत्पादनमा गफ, खपत भएन भने ब्यवसायी टाट पल्टिने अवस्था

काठमाडौं । सरकारले ८३ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्य अनुसारको बिद्युत उत्पादन भए के गर्ने भन्नेबारे भने सरकार अलमलमै देखिन्छ । अहिले उत्पादित विद्युत खपत नहुँदा केही कम्पनीको नाफामा गिरावट समेत आएको छ । जलविद्युत क्षेत्रमा लगानी गरेका प्रवद्र्धकदेखि बैंकसम्म विद्युत खपत भएन भने टाट पल्टिने अवस्था आउने सक्ने उर्जाविज्ञहरुले चेतावनी दिएका छन् । चालु आर्थिक वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी ५७ मेगावाटको साञ्जेन लगायतका आयोजनाले विद्युत उत्पादन सुरु गर्ने रेकर्ड नेपाल विद्युत प्राधिकरणले राखेको छ ।
अहिलेकै हाराहारी विद्युत माग भए बढीमा १५ सय मेगावाट विद्युत स्वदेशी बजारमा खपत भएपनि आधा क्षमताको विद्युतको बजार तत्काल खोज्नुपर्ने प्राधिकरणलाई चुनौती छ । १ हजार ३६० मेगावाट विद्युत अहिले उत्पादन भएको प्राधिकरणले जनाएको छ । अहिले राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध करिब १४ सय मेगावाटमा निजी क्षेत्र र विद्युत प्राधिकरणको आधा आधा हिस्सा छ । निर्माणाधिन आयोजनामा निजी क्षेत्रको हिस्सा सबैभन्दा बढी रहेको छ । अहिले निजी क्षेत्रका तीन हजार मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना निर्माणाधिन अबस्थामा रहेका छन् ।
८ हजार मेगावाट भन्दाबढी क्षमताका आयोजनालाई उत्पादन अनुमति दिइएकोमा ५ हजार मेगावाट बढीको विद्युत खरिद बिक्री सम्झौता समेत भईसकेको अबस्थामा समयमा ति आयोजान सम्पन्न भएमा १७ हजार मेगावाट भन्दा बढी रहेको अनुमान गरिएको छ । एकातर्फ उत्पादित विद्युत खपत नहुँदा केही कम्पनीको नाफामा गिरावट समेत आएको छ । जलविद्युत क्षेत्रमा लगानी गरेका प्रवद्र्धकदेखि बैंकसम्म विद्युत खपत भएन भने टाट पल्टिने अवस्था आउने उर्जाविज्ञहरुले जनाएका छन् । ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरेदेखि प्रवद्र्धकसम्मले विद्युत खपत बढाउन निकै ठूलो चुनौती रहेको बताएका छन् ।
फलाम र सिमेन्ट लगायतका धेरै विद्युत खपत गर्ने उद्योगसम्म प्रशारण र वितरण प्रणाली स्तरोन्नति गर्नुपर्ने विज्ञहरुले सुझाब दिएका छन् । विद्युत खपत बढाउन चुनौती भनिए पनि देशमा विश्वसनीय विद्युत आपूर्ति गरिदिएमा थप एक हजार मेगावाट विद्युत खाना पकाउने कार्यमा खपत गर्न सकिने प्रधिकरणको भनाई छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका उपाध्यक्ष आशिष गर्ग का अनुसार विद्युत प्राधिकरणबाट राम्रो काम भएपनि पहिलो प्राथमिकतामा राखेर विद्युतको व्यापार गर्न भने नसकेको बताएका छन् ।
विज्ञहरुले विदेशमा निर्यात गर्ने कुरा दोस्रो प्राथमिकता हुने भन्दै स्थानीय तहमार्फत घर घरमा विद्युतीय चुल्हो दिने योजनासहित अघि बढेमा प्राधिकरणले थप ४५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्न सक्ने जनाएका छन् । अहिले प्राधिकरणको उच्चतम विद्युत माग १४ सय मेगावाट रहेपनि अन्य समयमा एक हजारदेखि १२ सय मेगावाट विद्युत खपत हुँदै आएको छ । रातको समयमा ८ सय देखि ९ सय मेगावाट मात्रै विद्युत खपत हुँदा नदि प्रवाहमा आधारित आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बिद्युत उत्पादन, #विद्युत माग
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्