एकैदिन १ हजार २२१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं । एकैदिन नेपालमा १ हजार २२ सय २१ जनामा कोरोना पुष्टि भएको छ । देशभर ३ सय ४८महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६ सय १२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९ सय रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।
त्यस्तै, नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित थप १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय २१ जना पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१४ जनाको मृत्यु, #कोरोना संक्रमित
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्