न छन् मलामी, न छन् आफन्त, सुरक्षाकर्मीबाट दाहसंस्कार

कसैले लुकाउन नसक्ने सत्यता हो जन्म र मृत्यु । जन्मेपछि मृत्यु अवश्य नै छ । तर, ढिलो र चाँडो भन्ने मात्रै हो । कोही बृद्ध–बृद्धा भएर काल गतिले त कोही अकालमै दुर्घटना र अन्य कारणले दैनिक मृत्युवरण गरिरहेका छन् । मृत्य यस्तो होस् आफन्त, नातागोता, छोरा छोरी छर–छिमेक सबै मलामी पाइयोस् । हाम्रो धर्म संस्कृति र परम्पराले कुनै न कुनै नाता कुटुम्ब दुखद क्षण होस् या सुखद क्षण सबैको सहभागिता खोजिरहेको हुन्छ । अझ दुखद क्षणमा त झन् सबैको सान्त्वना र सद्भाव जरुरी छ । तर, विडम्बना कुनै मृत्यु तिरस्कार र बहिष्कार गर्नुपर्ने अवस्था पनि आउँदो रहेछ ।
न त आफनो सन्ततीले दागबत्ती वा पानी नै खुवाउन पाउने । न त मृत्यु भइसकेको मानिसलाई अंगालोमा कसेर धुरु–धुरु रुदै मनको बह पोख्न पाईने । हो यतिबेला यस्तै परिस्थितिले सबैको मन रुवाएको छ। आफनै सन्तती मलामी जान नपाउने, आफनै हातले दागबत्ती दिन नपाउने बिचित्रको रोग । एउटा शवबहान, तीन/चार जना सुरक्षाकर्मीबाट कोही खाल्डोका गाडीनु परेको छ त कोही शवदाह गृहमा जल्नुपरेको छ । आफन्त छेउमा बसेर भक्कानिएर रुनु बाहेक अर्को कुनै विकल्प छैन् । यस्तै, यस्तै बनाइरहेको छ यतिबेला बिश्वलाई नै तहस नहस बनाइरहेको कोरोना महामारीले ।
धन दौलत श्रीसम्पत्तीले पनि रोक्न सक्दैन कोरोना भाइरसलाई । करिव ७/८ महिनादेखि बिश्व नै ठप्प छ । मै हुँ भन्ने शक्तिशाली देशहरुलाई समेत थिलो थिलो बनाएको कोरोना भाइरसका कारण ज्यान गुमाउने मात्रै होइन परिवारले समेत सामाजिक बहिष्करणको पीडा खेप्नु परीरहेको छ । कोरोना संक्रमण भयो भन्ने थाहा हुने बित्तिकै छिमेकीले बाटो बदल्छ, आफन्तहरु टाढैबाट तर्किन्छन् जसले आफ्ना सन्तानको माया र रोग संक्रमण हुँदा नजिकै बसेर तातो चिसो मिठो मसिनो कसैले सोध्ने अवस्था छैन् । विश्वमा ८ लाख ३६ हजार बढीले त कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् ।
नेपालमा पनि १ सय ९५ बढीले कोरोनाकै कारण ज्यान गुमाइ सकेका छन् । चैत ११ पछि नेपालमा आरडीटी परिक्षणमा एक–दुई जनामा कोरोना संक्रमण पुष्टि भयो भन्दा आत्तिएका हामी यतिबेला दैनिक सरदर १ हजार बढीमा संक्रमण फैलिदा ९/१० जनाको मृत्यु हुँदा पनि अटेरी गरिरहेका छौं । बिहानै शहरका चोक तथा बजार, तरकारी, फलफुल बजारमा पनि उस्तै भिड, मास्क, सेनिटाइजर प्रयोग र्नै आलटाल । अव सोचौं कोरोना संक्रमण भयो भने साथीसंगी, आफन्त नातागोता टाढा अझै ज्यानै लियो भने मलामी विहिन, दागबत्ती बिहिन छोरोछोरीले मुखै हेर्न नपाउने गरी जाँदा कस्तो होला ? मनन गरौं कोरोना भाइरसलाई परास्त पार्न स्वास्थ्य सावधानीका उपायहरुको बेलैमा पालना गरौं ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #कोरोना, #जन्म र मृत्यु, #धर्म संस्कृति र परम्परा, #मलामी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्