एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, थपिए ९२७ संक्रमित
काठमाडौं । एकैदिन कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् ।
यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३ सय ३४ महिला र ५ सय ९३ जना पुरुष रहेका छन् । यो सँगैदेशभर कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
यस्तै शुक्रबार काठमाडौंमा ३ सय ५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २ सय २९ पीसीआर भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एकैदिन कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्