एकैदिन ८१८ संक्रमित थपिदा उपत्यकामा मात्रै १६६, तीन जनाको मृत्यु
काठमाडौं । एकैदिन देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्छर जागेश्वर गौतमले थपिएका संक्रमित सहित कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए ।
काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ । एकैदिन थप २ सय ८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २ सय १२ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
यस्तै होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन् । यस्तै आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । उनीहरु झापा, पर्सा र सर्लाहीका ११ जना हुन् । योसँगै मृतकको कुल संख्या १ सय ४९ पुगेको छ । यसमा रुपन्देहीमा आइतबार कोरोनाबाट मृत्यु भएका दुई जना समावेश गरिएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्