Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

कोरोना कहर : कसरी भयो उच्च पदस्थ ब्यक्तीलाई कोरोना संक्रमण


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । तीन महिना लामो लकडाउन गरेपनि संक्रमित बढ्दा खोलिएको छ । कतिपय स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले लकडाउन र निषेधाज्ञा जारी गरिरहेका छन् । तर, कोरोना संक्रमणदर अझै घट्न सकेको छैन् । काठमाडौं उपत्यकामा समेत दैनिक संक्रमण ह्वात्तै बढिरहेको छ । संक्रमित संख्या २८ हजार नाघ्दा एक सय १५ जनाले ज्यान गुमाएका छन् । तर, पनि सर्वसाधारणको हेलचेक्र्याई अझै रोकिएको छैन् । समुदायस्तरमा फैलिएको कोरोना संक्रमणले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत प्रभावित हुँदा दुबै सेवामा त्रास फैलिएको छ ।

बिभिन्न अस्पतलामा चिकित्सक नै संक्रमण हुँदा उपचार समेत प्रभावित भइरहेको छ । कोरोना संक्रमतिको उपचार गर्ने बेडको समेत अभाव हुन थालेपछि होम आइसुलेसनमा बसेर उपचार गर्नुपर्ने बाध्यता समेत आइसकेको छ । समुदायमा फैलिएको कोरोनाले उच्च पदस्थ ब्यक्तीहरुमा समेत कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

अहिलेसम्म को को उच्च पदस्थ ब्यक्तीहरुलाई कोरोना संक्रमण पुष्टि भयो त 
१.साउन २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेलाई कोरोना संक्रमण पुष्टि भयो । घिमिरेका चालक र पछुवा गाडीका सुरक्षाकर्मीलाई समेत कोरोना पुष्टि भएको थियो । निक्कै साबधानि अपनाउँदा अपनाउँदै घिमिरेलाई कोरोना कहाँबाट संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन् ।

२.भदौ १ गते बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भयो । हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ । सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो।

३.असार ३० गते कर्णाली प्रदेशसभाका बिपक्षी दलका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना पुष्टि भयो । बर्षे अधिबेशन सकिएपछि आफनो निर्वाचन क्षेत्रमा पुगेर फर्किएका शाहीलाई कोरोना पुष्टि भएको हो । पूर्वमन्त्री शाही कोरोना संक्रमण हुने पहिलो सांसद हुन् ।

४.साउन ३० गते संघीय सांसद डाक्टर सुर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भयो । जनता समाजबादी पार्टीबाट सांसद बनेका यादवलाई एक बालकको उपचारमा संलग्न हुँदा कोरोना संक्रमण भएको थियो । उनी बाल रोग बिशेषज्ञ चिकित्सक पनि हुन् ।

५.साउन १७ गते प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कोरोना पुष्टि भयो । उनको सवारी चालक र पिएसओलाई समेत कोरोना पुष्टि भएको थियो । यादवले केही समय अघि कोरोना संक्रमितलाई भेटेको भन्दै १४ दिन क्वारेन्टाइनमा समेत बसेका थिए ।

६.साउन २२ गते प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भयो । साउन १९ गते स्वाव संकलन गर्दा यादवलाई कोरोना पुष्टि भएको हो । उनी १८ गते साँझ काठमाडौंबाट जनकपुर फर्किएका थिए । उनी प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा सहभागि भएकोले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतको स्वाव संकलन गरिएको थियो । प्रधानमन्त्री, गृहमन्त्री तथा अन्य ब्यक्तीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

७.साउन २५ मा प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । बाँकेबाट प्रदेशसभा सदस्य बनेकी केसीलाई कोरोना पुष्टि भएपछि आफूसँग सम्पर्कमा आएका ब्यक्तीलाई परिक्षण गर्न सामाजिक सञ्जाल मार्फत आह्वान गरेकी थिइन ।

८.साउन २१ गते प्रदेश २ की सांसद रिनाकुमारी यादवलाई पनि कोरोना पोजेटिभ देखियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

९.साउन २८ गते प्रदेश एक सांसद कुसुम श्रेष्ठलाई पनि कोरोना पुष्टि भयो । धनकुटाबाट निर्वाचित श्रेष्ठका श्रीमान नयन श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भयो । काठमाडौंबाट इटहरी फर्किएका सम्पत्तीलाई ज्वरो आएपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनीहरु होम आइसुलेसनमा बसेका छन् ।

१०.साउन १५ गते बीरगञ्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भयो । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा उपचार गराउन खटिदा कोरोना संक्रमण पुष्टि भएको हो । मेयर सरावगी काठमाडौं आएका बेला कोरोना पुष्टि भएको हो ।

११.साउन २८ गते जनकपुरधामका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भयो । कोरोना पुष्टि भएपछि गिरीको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गिरी २०४२ मा मेयर भएका थिए ।

१२. भदौं २ गते कोरोनाबाट नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको निधन भयो । उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो । निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्याइएको उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै, दुई जना डिआईजीलाई समेत कोरोना पुष्टि भएको छ । बिभिन्न नगरपािलकाका मेयरदेखि बैंकका कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । यी बिशिष्ट ब्यक्तीहरुमा समेत कोरोना पुष्टि हुनुले समुदायस्तरमा कोरोना फैलिरहेको पुष्टि हुन्छ । तर, सरकारले कोरोना परिक्षणको दायरादेखि कन्ट्याक टेसिंग समेत गर्न नसक्दा जोखिम थप बढ्ने संकेत देखिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उच्च पदस्थ, #उच्च बिशिष्ट, #कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्