काठमाडौं उपत्यकामा २०५ सहित एकैदिन देशभर १ हजार १६ जनामा कोरोना संक्रमण
काठमाडौं । एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ सय ३८ ललितपुरमा ५० र भक्तपुरमा १७ गरी उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको हो । एकैदिन देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । यस्तै देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन् भने मंगलबार मात्रै १३ हजार ४ सय ६१ पीसीआर परीक्षण भएको छ ।
त्यस्तै, नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । एकै दिन कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय १४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । मृत्यु हुने पनि एकै दिन अहिलेसम्मकै उच्च हो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #७ जनाको ज्यान गयो, #कोरोना संक्रमित
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्