काठमाडौं उपत्यकामा २०५ सहित एकैदिन देशभर १ हजार १६ जनामा कोरोना संक्रमण
काठमाडौं । एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ सय ३८ ललितपुरमा ५० र भक्तपुरमा १७ गरी उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको हो । एकैदिन देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । यस्तै देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन् भने मंगलबार मात्रै १३ हजार ४ सय ६१ पीसीआर परीक्षण भएको छ ।
त्यस्तै, नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । एकै दिन कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय १४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । मृत्यु हुने पनि एकै दिन अहिलेसम्मकै उच्च हो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #७ जनाको ज्यान गयो, #कोरोना संक्रमित
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्