काठमाडौं उपत्यकामा १६८ सहित ५८१ जनामा कोरोना संक्रमण

काठमाडौं । एकै दिन काठमाडौं उपत्यकाभित्र थप १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक सय ३९ जना, ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । देशभर एकै दिन ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १ सय ५९ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ९९ रहेको छ । देशभर आइसीयुमा १ सय १३ जना उपचाररत छन । नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन् । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यतिबेला देशभरका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमित
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्