एकै दिन काठमाडौं उपत्यकामा १ सय ७२ सहित थपिए ६ सय ४१ संक्रमित

काठमाडौं । एकैदिन काठमाडौं उपत्यकामा १ सय ७२ सहित देशभर ६ सय ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन् । यस्तै, हालसम्म निको हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ भने मृतकको संख्या १ सय ४ पुगेको छ ।
एकै दिन १२ हजार २ सय ४७ पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ४७ पीसीआर परीक्षण हुँदा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्मको जम्मा परीक्षण ५ लाख १७ हजार ९ सय ७ रहेको छ। अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन । प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
अहिलेसम्म सक्रिय संक्रमित ९ हजार बढी
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा उपचाररत छन् ।
यस्तै, प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलोसेलनमा रहेका छन् । यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन् । आइतबार १ सय ३४ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १७ हजार ३ सय ३५ पुगेको हो । प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, बागमती प्रदेशमा ६ सय ५४ र गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएको मन्त्रालयले जननाएको छ । यतिबेला क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ३१, बागमती प्रदेशमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टिनमा रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #पीसीआर परीक्षण
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्